पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिव सागत शर्मा निर्वाचित

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १३ : ४१
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिव सागत शर्मा निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिव सागत शर्मा निर्वाचित भएका छन् । शनिवार सम्पन्न ७ औं महाधिवेशनबाट शर्मा ३२३ मत लिएर विजयी भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् ।

राजधानीमा दुइ दिन सम्म चलेको महाधिवेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्य समिती चयन गरेको हो ।नव निर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाई बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयास रहने बताए ।