‘रङ्गेली’ को गीत ‘घामले तारा’ सार्वजनिक, दयाहाङ र मिरुनाको लोभलाग्दो प्रेम

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, ११ : ०५
‘रङ्गेली’ को गीत ‘घामले तारा’ सार्वजनिक, दयाहाङ र मिरुनाको लोभलाग्दो प्रेम

काठमाडौं  । यही फागुन २५ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को प्रेम भावयूक्त गीत सार्वजनिक भएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरले प्रेमभाव व्यक्त गरिरहेका छन् ।

गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर रहेको छ । यसमा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको सङ्गीत रहेको छ । म्युजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । यूरोपको विश्व प्रतिष्ठित बुढापेस्ट अर्केस्ट्रामा यस गीतको सङ्गीत रेकर्डिङ भएको हो । नेपाली फिल्मले पहिलो पटक यस प्रकारले गीत तयार पारेको हो ।

‘रङ्गेली’ लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यो फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) शोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया दिनुहोस