‘भरतपुर भ्रमण वर्ष’- महानगरमा झाँकिसहितको र्‍याली (तस्बिरहरू)

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १५ : ०९
‘भरतपुर भ्रमण वर्ष’- महानगरमा झाँकिसहितको र्‍याली (तस्बिरहरू)

चितवन । ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष सुरू भएको छ । नारायणी नदी किनारमा विशाल तयारीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही बेरमा भ्रमण वर्ष उद्घाटन गर्दैछन् ।

सरकार गठबन्धनका सहयात्री दलहरूमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी लगायत भरतपुर आइसकेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि आउने तय छ ।

भरतपुर महानगरपालिकाको आयोजनामा भएको भ्रमण वर्ष उद्घाटन कार्यक्रम सुरू हुनुअघि २९ वटा वडाबाट वडा अध्यक्षको नेतृत्वमा विद्यालय धार्मिक तथा जनजाति विभिन्न संघसंस्था नागरिक समाज जनजातिको झाँकीसहितको सहभागिता। भ्रमण वर्षले भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न कोशेढुंगा सावित हुने अपेक्षा गरिएको मेयर रेनु दाहालले बताएकी छन् ।

 

औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको महानगरले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस