जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १२ : १२
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-१ घर भएका ५१ वर्षीय पदम लामा समेत ९ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिहीबार उनीहरूलाई नगद ९४ हजार ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस