भ्रष्टाचार गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि कालोमोसो

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १९ : ४३
भ्रष्टाचार गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि कालोमोसो

काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई कालोमोसो दलेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

आज बिहान कार्यालय गइरहेको सामयमा बाटोमा रोकेर ढकाललाई मालोमोसो दलिएको सुवेदीले बताए । यस घटनाले कर्मचारीहरू त्रसित भएको भन्दै प्रशासकीय अधिकृत सुवेदीले कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिसँगै दोषीलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको छन् । 

पालिकामा रहेका शिक्षा सम्बन्धी विभिन्न काममा ढकालले भ्रष्टाचार गरेको आरोप लगाउँदै संगठनले कारबाही गरेको दाबी गरेको छ । ढकाललाई कारबाही गरेपछि जारी गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस