वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १८ : ५६
वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की

काठमाडौँ । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन् ।

नयाँ कार्यसमितिको औपचारिक घोषणा नगरिएको पनि बिहीबार हुने संघको २३औँ साधारण सभाले नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी छ ।

सर्वसम्मतरूपमा पदाधिकारीसहित सबैको नाम टुंगो लागिसकेको संघ स्रोतले जानकारी दिएको छ  ।

प्रतिक्रिया दिनुहोस