बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १४ : २६
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित

मकवानपुर । बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति नजुटेपछि बिहीबार बिहान सोही समयमा बस्ने गरी स्थगित गरिएको छ । पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए ।

सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् । मुख्यमन्त्री जम्कट्टेल एउटा कार्यक्रममा सहभागी हुन राक्सिराङ पुगेपछि विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।

दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार साढे ११ बजे बैठक बस्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस