माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, कुन प्रदेशमा को ?

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, ११ : ५९
माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेशको इन्चार्जमा पार्टी उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जको जिम्मेवारी शावित्री कुमार काफ्लेलाई दिएको छ ।

त्यसैगरी, मधेश प्रदेशको इन्चार्जमा पार्टी सचिव लिलामणि पोखरेल, सहइन्चार्जमा स्थायी कमिटी सदस्य विश्वनाथ साह, बागमती प्रदेशको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई जिम्मेवारी तोकिएको छ । बागमतीको सहइन्चार्ज कसलाई बनाउने भन्ने निर्णय हुन बाँकी रहेको छ ।