काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?