काठमाडौँ । निर्वाचन आयोगले आज (बुधबार)देखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ-१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो ।
आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय