आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ : प्रमुख आयुक्त राई

सफल खबर संवाददाता

मंगलबार, १५ फागुन २०८०, १४ : ५५
आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयको सबैभन्दा बढी भ्रष्टाचार आईटी (सूचना प्रविधि) क्षेत्रमा देखिएको निष्कर्ष निकालेको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईटी क्षेत्र ‘करप्ट’ बन्न थालेको बताए ।

“अख्तियारमा परेका उजुरीले सार्वजनिक जग्गा बढ्दो अवस्थामा देखिन्छ‚” उनले भने‚ “पछिल्ला घटनाले सबैभन्दा करप्ट सेक्टर आईटी पनि रहेछ भन्ने देखाउँछ ।”

प्रतिक्रिया दिनुहोस