काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश गरेसँगै उनी रिहा भएका हुन् ।
महिलाको अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले उनलाई फागुन ६ मा पक्राउ गरेको थियो । अदालतको आदेश अनुसार धरौटी तिरेर उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
हलचोक स्थित न्यू इभान पोइन्ट रेष्टुरेण्टमा अपरिचित महिलाको भिडियो खिचेको आरोपमा प्रहरी वृत स्वयम्भुले उनलाई थुनामा राखेर अनुसन्धान गरेको थियो । रेष्टुरेण्टको शौचालयमा भिडियो बनाएको आरोप लगाएर पीडितले उनीविरुद्ध जाहेरी दिएका हुन् । डीएसपी केसी नम्बर–४ बाहिनी पोखरामा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा