प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, ११ : ४२
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो ।

बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स काण्डमा अख्तियारले अनुसन्धान गरिरहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनी क्षेत्र विकास कोषको ठेक्का विवादमा मुछिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको हो । विवादास्पद मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले हिजो पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस