प्रतिनिधि सभा बैठक सुरु, आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, ११ : १७
प्रतिनिधि सभा बैठक सुरु, आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले भर्खरै बैठक सुरु भएको हो । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । राष्ट्रियसभामा उत्पति भएको बिधायनसम्बन्धी बिधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधयेक टेबुल गरिनेछ ।

साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिद्युत ब्यापार बिधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस