काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाइबा रहेका छन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-१२ निलो माइक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ