काठमाडौं । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले सरकारले प्रतिपक्षी दलको आवाजलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि पोखेकी छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले संसद्मा प्रतिपक्षी दलको काम कोरम पुर्याउनेमात्र हो र ? भन्दै प्रश्न गरेकी छन् ।
‘शून्य समयमा जनताका प्रतिनिधिले जनताका समस्या समाधान गर्न सरकार समक्ष अनुरोध गर्दै आवाज उठाउने हो । सरकार सुन्न नसक्ने, देख्न नसक्ने भान हुन थालेको छ, म सरकारलाई गम्भीर प्रश्न गर्न चाहन्छु के प्रतिपक्षका सांसदको काम कोरम पुर्याउने मात्र हो ? जनताका प्रतिनिधिले जनता र राज्य कमजोर हुने विधेयक आँखामा पट्टी बाँधेर पास गर्नुपर्ने हो ? पीडितको पक्षमा सदनमा बोल्दा प्रतिपक्षलाई सुन्न मिल्दैन ?’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले
एमालेले सार्वजनिक गर्यो विरोध कार्यक्रम