काठमाडौँ । नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जनाएको छ। प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए।तीन मन्त्रीको राजीनामा अडान कायमै रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा या बर्खास्तीको मागसहित सदनमार्फत पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
जारी प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरूको विषयमा आफूहरूले उठाएको सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने दोहोर्याए । उनले लामो समयदेखि विवादित मन्त्रीहरूको बर्खास्तको माग गर्दा पनि सरकारले प्रतिपक्षको मागका विषयमा बेवास्ता गरेको आरोप लगाए। एमाले सांसद गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा संसदमा आएर जवाफ दिनुपर्नेमा उल्टै संसद छलेर बाहिर हिँडिरहेको आरोप लगाए।
उनले सरकार प्रतिपक्षको आवाज सुन्नका निम्ति तयार नभएको जिकिर गरे। ‘प्रधानमन्त्रीज्यूले यस्तो महत्त्वपूर्ण विषयमा संसदमा आएर जवाफ दिनुपर्ने ठाउँमा बेवास्ता गरिरहनु भएको छ,’उनले भने,’उहाँ संसद छलेर बाहिर हिँडिरहनु भएको छ।’
नेता गिरीले ललितपुरको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला,टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्नुपर्ने माग गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प