काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ ।
सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको शव निकालेको हो ।
आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् । शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए । अमेरिकन नागरिकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान