सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ।
गएराति गोडैता नगरपालिका- ८ मा मधेश प्रदेश ०२- ००७ प १२३० नम्बरको मोटरसाइकलले सडकमा हिँड्दै गरेका दुई जना पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाहीकै चक्रघट्टा गाउँपालिका- ९ खोरिया घर भएका ५० बर्षीय नागेन्द्र रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
‘राय पैदल यात्रु हुन्। तीव्र गतिमा रहेको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले भने।
ठक्कर दिएपछि मोटरसाइकल पनि पल्टिएको थियो। त्यसक्रममा मोटरसाइकल चालक गोडैता ६ का २३ वर्षीय युवक श्याम राय घाइते भएका छन्।
ठक्करबाट चक्रघट्ट गाउँपालिका- ९ कै ४५ वर्षीय श्याम राय पनि घाइते भएका छन्। उनी पनि पैदल यात्रु हुन्। घाइते दुबैको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु