वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको त्रिमूर्ति चोक नजिकै रहेको वीरगन्ज मिटिङ हाउस खाजा घरबाट शनिवार १३ जनालाई पक्राउ गरेको हो ।
खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले खाजा घरका मालिकसहित १३ जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ६२ हजार रुपैयाँ र तासको प्याकेटसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूको नाम भने प्रहरीले खुलाएको छैन ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरको भनाई छ । उनीहरूमाथि जुवा खेल्न नहुने मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ