धनगढी । नेकपा एमाले कैलालीको नेतृत्वको लागि बल्ल मतदान सुरु भएको छ ।
अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको निर्वाचन कमिटीले जनाएको छ । मतदान पौने ९ बजेदेखि सुरु भएको हो ।
पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चित कालका लागि सारिएको मतदान शुक्रबार ८ देखि दिउँसो १ बजेसम्म हुने जानकारी दिएका थिए । तर अझै मतपत्र नपुगेको बताइएको छ ।
जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली