धनगढी । नेकपा एमाले कैलालीको नेतृत्वको लागि बल्ल मतदान सुरु भएको छ ।
अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको निर्वाचन कमिटीले जनाएको छ । मतदान पौने ९ बजेदेखि सुरु भएको हो ।
पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चित कालका लागि सारिएको मतदान शुक्रबार ८ देखि दिउँसो १ बजेसम्म हुने जानकारी दिएका थिए । तर अझै मतपत्र नपुगेको बताइएको छ ।
जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज