कैलाली । कैलालीमा लागूऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना छन्।
उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन् बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट बिहीबार बेलुका नियन्त्रणमा लिइएको हो।
अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ