ललिता निवासको जग्गा खाली गर्न माइकिङ शुरू

पत्रपत्रिकाबाट

विहीबार, १० फागुन २०८०, ०८ : १९
ललिता निवासको जग्गा खाली गर्न माइकिङ शुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास जग्गा खाली गर्न माइकिङ शुरू गरेको छ।

हिजो बुधबार जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेकै दिन महानगर प्रहरीको टोलीले माइकिङ शुरू गरेको हो।

प्रहरीले ६ दिनसम्म आफैं हट्न आग्रह गर्दै माइकिङ गरी सातदिने सूचना जारी गरेको अन्तिम दिन अर्थात् आगामी सोमबारभित्र खाली नगरे भत्काउने भएको छ। नेपाल समाचारपत्रमा खबर छ ।