काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन्। उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए। आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?
सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा
सुनको मूल्य बढयो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो