काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।
मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो ।
बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् ।
उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्रीले आजै यो विषय टुङ्गो लगाउने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलाइन् दल र जेनजीसहितको संयुक्त बैठक
आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरौ : प्रधानमन्त्री कार्की
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच बालुवाटारमा छलफल
हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो
चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की