काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।
मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो ।
बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् ।
उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्रीले आजै यो विषय टुङ्गो लगाउने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति