पाँच अस्पतालको लिखित स्पष्टीकरणको अध्ययन

मंगलबार, २६ भदौ २०७५, १३ : २९
पाँच अस्पतालको लिखित स्पष्टीकरणको अध्ययन

चितवन । सर्पदंशबाट मृत्यु भएका बालकको उपचार नगरी रिफर गर्ने पाँच अस्पतालले २४ घण्टाभित्र जिल्ला प्रशासन कार्यालयले पठाएको लिखित स्पष्टीकरणको अध्ययन भइरहेको छ । 
सर्पदंशबाट घाइते भएका बालकको उपचार नै नगरी कुनै न कुनै बहाना दखाउँदै रिफर गर्ने भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, निको बाल अस्पताल र नयाँ मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको थियो । 
‘पाँच वटा अस्पतालको कुनै न कुनै त्रुटि देखिएको हुनाले केकति कारणले बिरामी रिफर गर्नुभयो भनेर लिखित स्पष्टीकरण मागिएको हो’ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, ‘लिखित स्पष्टीकरणको बारेमा अध्ययन भइरहेको छ, चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढ्छ ।’
भदौ २० गते विषालु सर्पले डसेका भरतपुर १५, मंगलपुरका तीन वर्षीय बालक सलिन विश्वकर्माको उपचारै नपाएर ज्यान गएपछि आइतबार जिल्ला प्रशासन कार्यालय भरतपुर महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेर २४ घन्टाभित्र बिरामी नहेर्नुको लिखित कारण बुझाउन निर्देशन दिएको थियो । अस्पतालले सामान्य उपचारसमेत नगरी बिरामीलाई अस्पतालमा घुमाएको भन्दै जिल्ला प्रशासन कार्यालयले अस्पतालले लापर्बाही भन्दै आएको छ । 
भोलि सर्वपक्षीय छलफल 
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यस घटनालाई लिएर भोलि सर्वपक्षीय छलफल आयोजना गरेको जानकारी दिएका छन् । भेलामा राजनीतिक दल, अस्पतालका प्रमुख, पत्रकार, मानवअधिकारवादी, स्वास्थ्यकर्मी, उपभोक्त अधिकार मञ्चका प्रतिनिधिलगायतको सहभागी हुने छ ।  

यो पनि 
बालक मृत्युको घटनाप्रति भरतपुर अस्पतालले भन्यो– ‘मानवीय त्रुटि’

अस्पतालको लापरवाहीबाट बालकको मृत्यु

प्रतिक्रिया दिनुहोस