सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव रहेको बताएका छन् ।
कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको उनले बनाए । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा ‘कर्णालीको विकास मोडेल’ शीर्षकमा आफ्नो भनाइ राख्दै शर्माले यस्तो बताएका हुन् ।
‘कर्णाली एक सभ्यता हो, नेपाली भाषाको जननी हो, ऐतिहासिक विरासत बोकेको छ, इतिहासका काठमाडौँमा आक्रमण गर्न सक्ने क्षमता भएको थियो, हिजोको कर्णाली,’ उनले भने, ‘आधुनिक नेपालको प्रारम्भसँगै कर्णालीको विराट सभ्यता र भूगोल एउटा नदीको किनार वरिपरि सीमित गरियो । एउटा अञ्चलको रूपमा सीमित भयो । त्यसयता गरिबी, अभाव, दुर्गमता र विकटताबाट यो परिचित भयो । गएको दुई अडाई सय वर्ष केन्द्रीय शासनद्वारा प्रताडित भएर बाँचिरह्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक