नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १९ : १२
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौँ । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । यस सिरिजलाई नेपालले जुनमा खेल्ने टी-२० विश्वकप अघिको तयारीको रूपमा समेत हेरिएको छ ।

नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० (अप्रिल २) मा खेल्नेछ । चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ ।त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ (अप्रिल ७) मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस