काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ । बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेलमा भएका व्यक्तिलाई सभापति र दलको नेता मान्नेले अरुमाथि नैतिक प्रश्न उठाउन मिल्दैन’: कांग्रेस
संसद् अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
काँग्रेस नेता बलबहादुर केसी नेतृत्वको १७ सदस्यीय टोली चीन भ्रमणमा
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
नाउपाका बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा