काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेका छन् । यसबाहेक २२५ वटा कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । परिसूचक दोहोरो अंकले घटेको दिन आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
परिसूचक घटे पनि आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेसँगै ९३१ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य १० हजार २४२ रुपैयाँ पुगेको छ । यसपछि, सामाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि आएको छ । आज सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ८.२१ प्रतिशतले घटेको छ ।
उच्च अंकले परिसूचक घटेको दिन आज सबैजसो समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूह सूचक २०६ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूहको सूचक १३९ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक ६९ अंकले घटेको छ । यसअघि, गत साताको बिहीबार परिसूचकमा १४ अंकले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार