'राजनीतिक शुद्धीकरण' अभियान चलाउने अनेरास्ववियुको निर्णय (पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, १४ : १७
'राजनीतिक शुद्धीकरण' अभियान चलाउने अनेरास्ववियुको निर्णय (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारले गरेका गलत कामका कारण देश थप संकटमा पर्दै निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्दै संकटको निकासका लागि पहल गर्न आग्रह गरिएको अध्यक्ष समिक बडालले बताए । बैठकको निर्णय सार्वजनिक गर्दै उनले भागबन्डामा समय खर्च गर्नुपर्ने अवस्था र अर्कोतर्फ विकसित भइरहेको जटिल भू-राजनीति सन्तुलनलाई कायम गर्न नसक्दा आत्मसमर्पणकारी नीति अवलम्बन गर्नुपर्ने बाध्यता आएको टिप्पणी गरे ।

देशबाट जवान र धन दुवै पलायन भइरहेको भन्दै यसको मूल कारण अस्थिर राजनीति, गतिहीन र भ्रष्ट सरकार रहेको अखिलको ठहर छ । सरकार ठूला आयोजना सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अनेरास्ववियुले निर्माणाधीन राजमार्ग, सडक, सिचाई, जलविद्युत, खानेपानीलगायतका ठूला आयोजनाहरूको लागत अनावश्यक रुपमा बढाएर नीतिगत भ्रष्टाचार गरिएको दाबी गरेको छ ।

देशको अर्थतन्त्र केही सीमित दलालहरूको कब्जामा रहेको । केही दलाल व्यापारी, भ्रष्ट नेताहरू, कर्मचारी, मन्त्री र विचौलियाहरूको नेक्सस ठूला नीतिगत भ्रष्टाचारदेखि सानातिना नियुक्तिसम्म र मन्त्रीदेखि महानिर्देशक नियुक्ति सरुवा/ बढुवामा हावी भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियुले राजनीतिक शुद्धीकरणको अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कार्ययोजनासमेत अघि सारेको छ ।

  

 

प्रतिक्रिया दिनुहोस