काठमाडौं । ठमेलको ज्याठामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी भएको छ । आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी परिचालित छन् ।
बिहार ०४ः३० बजे ग्यास बिस्फोट भएपछि आगलागी शुरु भएको प्रहरीले जनाएको छ । शहरको भित्रि भागमा रहेको घरमा आगो लागेकाले दमकल जान नसकेपछि आगो नियन्त्रणमा समस्या भएको बताइएको छ । आगलागिको कारण र त्यसको क्षतिबारे विस्तृत विवरण आइ नसकेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०७५, ०८ : ०९
लेखकबाट थप