काठमाडौं। नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव संकलन सुरु भएको छ। सोमबारदेखि जारी विधान अधिवेशनमा २० वटा समूहमा विभाजित गरेर प्रत्येक समूहबाट संकलित सुझावमाथि आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिन लागेका छन्।
अध्यक्ष दाहालले प्रस्तुत गरेको विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव संकलन गर्न सुरु गरिएको हो। मंलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएर सुझाव संकलन गरिएको थियो।
हिजो बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ। आज बाँकी सात समूहले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलजे जवाफ दिनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै