काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ)सहित पक्राउ गरिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ