कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट​

सफल खबर संवाददाता

बुधबार, ०२ फागुन २०८०, १३ : १०
कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट​

काठमाडौं। बैंकका बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति एनआईसी एशिया बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।​बैंकले बुधवार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको जनाएको हो ।

‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस