काठमाडौँ। नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव पेश गरेका छन् ।
काठमाडौंको कमलादीमा मंगलवारबाट शुरू भएको विधान अधिवेशनमा अध्यक्ष प्रचण्डले मस्यौदा पेश गर्दै पार्टीका कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरेका हुन् ।स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मको पार्टीका संरचनामा चुनाव हुनुपर्ने माग भएकोले यस विषयलाई हलले नै टुंग्याउने उनले बताएका हुन् ।
‘पार्टीमा भएको छलफल, माग र अनुभवले पनि पार्टीका स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मका संरचना निर्वाचित गर्नुपर्ने हुन्छ’ उनले भने, ‘प्रत्यक्ष भन्दै गर्दा समावेशीता पनि हेर्नुपर्ने हुन्छ । समावेशी प्रतिनिधित्वको लागि कति प्रतिशत राख्ने भन्ने विषयलाई हलले नै टुंग्याओस् ।’
प्रचण्डले प्रस्ताव पेश गरेपछि छलफलका लागि २० वटा समूह गठन गरिएको छ । अधिवेशनमा एक हजार दुई सय हाराहारी प्रतिनिधि सहभागी छन् । प्रत्यक्ष निर्वाचित मात्रै होइन पार्टीका संरचनामा अवधि, उमेर, युवालाई अवसरसहितका विषय पनि उठेका छन् ।माओवादीमा केन्द्रीय कमिटी १५१ सदस्यीय र अरू संरचना पनि छरितो बनाउन माग भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ