विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका-३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो ।
हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो । उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो ।उक्त शंकास्पद ‘कुकर बम’ डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ । सेनासँगको समन्वयमा उक्त शंकास्पद बस्तुबारे अनुसन्धान र आवश्यक परे डिस्पोज गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू यसअघि नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध रहेको खुले पनि उनीहरुबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
उनीहरूले विप्लव समूहबाट अलग भएर विद्यालय र अरु संस्थाहरूमा चन्दा आतङ्क मच्चाइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ