सौराहामा फुड फेस्टिभल सुरु

सफल खबर संवाददाता

सोमबार, २९ माघ २०८०, १४ : २२
सौराहामा फुड फेस्टिभल सुरु

चितवन । हरेक वर्ष जस्तै यो वर्ष पनि प्रेम दिवस लक्षित सौराहा फुड फेस्टिभल पर्यटकीय नगरी सौराहामा सुरु भएको छ ।  १८ औँ संस्करणको फुड फेस्टिभलको सांसद हरि ढकालले उद्घाटन गरेका छन् । सो अवसरमा उनले सौराहाको पर्यटन विकासमा सरकारले ध्यान नदिएको दुखेसो गरे । सरकारले चितवनको विकासमा पूर्व र पश्चिम भन्दा पूर्वी चितवन क्षेत्र ओझेलमा परेको स्पष्ट पारे । 

प्रणय दिवस (प्रेस दिवस) लक्षित १८औँ सौराहा फूड फेस्टिभल रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना सुरु भएको हो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा निकुञ्ज ऐनको चपेटामा परेको बताए । रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगको मान्यता दिन सरकारसँग माग गरे । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेको भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले स्वागत मन्तव्य राख्दै फेस्टिभलले सौराहा क्षेत्रलाई लाइट लाइफमा रूपान्तरण गरेको स्पष्ट पारे ।सौराहा सहित चितवनको पर्यटन विकासको लागि फेस्टिभल चितवन व्राण्ड बनेको अध्यक्ष गिरीले बताए । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाइएको छ । 

फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए । फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस