आन्तरिक पर्यटकले भरियो सौराहा

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०८२, १४ : ५१
आन्तरिक पर्यटकले भरियो सौराहा

चितवन । लामो समयदेखि कम संख्यामा पर्यटकको उपस्थिती भएको सौराहामा पर्यटक भरिएका छन् । भाइटिकाको भोलिपल्ट बिहीबार सौराहाका होटलहरु भरिएका हुन् ।

सौराहाका होटल व्यवसायीसमेत रहेका होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार बिहीबार होटलहरुको अकुपेन्सी दर उच्चतम बिन्दुमा पुगेको हो । उनका अनुसार सौराहमामा ९ हजारको हाराहारीमा पर्यटक धान्न सक्ने क्षमता रहेको छ ।

बिहीबार भ्यालेन्टाइन्स डे पछिको उच्चतम बिन्दु अर्थात् ८० प्रतिशत होटलहरु पर्यटकले भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटकहरुले होटल भरिएका व्यवसायी घिमिरेले जानकारी दिए ।

सौराहामा पछिल्लो समय आन्तरिक पर्यटकहरु राप्ती नदीबाट सुर्योदय र सुर्यास्तको मनोरम दृष्यावलोकन, जंगलमा हात्ती तथा जीप सफारी गरि चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा, बाघ लगायतका जनावरको अवलोकन, डुङ्गा सफारी लगायतका क्रियाकलाप गर्न सकिन्छ । घिमिरेका अनुसार यहाँ आउने पर्यटकको औसत बसाइ दुई दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस