एजेन्सी । फाइनलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया आईसीसी यू–१९ विश्वकपको च्याम्पियन बनेको छ । आइबार दक्षिण अफ्रिकाको विलोमोर पार्कमा अस्ट्रेलियाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४३.५ ओभरमा १७४ रनमै समेटियो ।
भारतका आदर्श सिंहले ४७ रन बनाए मुरुगन अविशेकले ४२, मुसिर खानले २२ र राज लिम्बानीले १४ रन बनाए ।
भारतलाई सस्तैमा समेट्न अस्ट्रेलियाका महली बर्डम्यान र राफेल म्याकमिलनले समान तीन विकेट लिए । कयेलुम भिड्लरले दुई तथा टम स्ट्रेकर र चार्ली एन्डरसनले समान एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५४ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका हरजस सिंहले ६४ बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान हग विब्गनले ४८, ओलिभर पिकले अविजित ४६, ह्यारी डिक्सनले ४२, रायन हिक्सले २० र चार्ली एन्डरसनले १२ रन बनाए ।
भारतका राज लम्बानीले तीन विकेट लिए । नमन तिवारीले दुई विकेट लिँदा सौम्य पाण्डे र मुसिर खानले समान एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ माघ २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै