भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो युवा विश्वकपको उपाधि

एजेन्सी

सोमबार, २९ माघ २०८०, १० : १६
भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो युवा विश्वकपको उपाधि

एजेन्सी  । फाइनलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया आईसीसी यू–१९ विश्वकपको च्याम्पियन बनेको छ । आइबार दक्षिण अफ्रिकाको विलोमोर पार्कमा अस्ट्रेलियाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४३.५ ओभरमा १७४ रनमै समेटियो । 

भारतका आदर्श सिंहले ४७ रन बनाए मुरुगन अविशेकले ४२, मुसिर खानले २२ र राज लिम्बानीले १४ रन बनाए । 

भारतलाई सस्तैमा समेट्न अस्ट्रेलियाका महली बर्डम्यान र राफेल म्याकमिलनले समान तीन विकेट लिए । कयेलुम भिड्लरले दुई तथा टम स्ट्रेकर र चार्ली एन्डरसनले समान एक विकेट हात पारे । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५४ रनको योगफल तयार पारेको थियो । 

अस्ट्रेलियाका हरजस सिंहले ६४ बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान हग विब्गनले ४८, ओलिभर पिकले अविजित ४६, ह्यारी डिक्सनले ४२, रायन हिक्सले २० र चार्ली एन्डरसनले १२ रन बनाए । 

भारतका राज लम्बानीले तीन विकेट लिए । नमन तिवारीले दुई विकेट लिँदा सौम्य पाण्डे र मुसिर खानले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस