काठमाडौँमा कुरान वाचन प्रतियोगिता सुरु

सफल खबर संवाददाता

शनिबार, २७ माघ २०८०, १२ : ४६
काठमाडौँमा कुरान वाचन प्रतियोगिता सुरु

काठमाडौँ । काठमाडौँमा कुरान वाचन प्रतियोगिता सुरु भएको छ । आजबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरूका लागि प्रतियोगिताको आयोजना गरेको हो। सो अवसरमा प्रतियोगीहरूले कुरान वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरूको प्रतिस्पर्धा रहेको र जसमा ४७ प्रतिस्पर्धीले सहभागिता जनाउने बताए । आज चौथो टोलीको प्रतियोगिता सुरु भएको छ ।

प्रतियागयतामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको बताए  । उनले यस्ता कार्यक्रमहरूमा सरकारको सहयोगको आवश्यकता रहेको बताए ।उनले अभिभावकहरूले आफ्ना बालबालिकासँगै बसेर प्रतिस्पर्धा हेर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस