काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । विधान मस्यौदाको प्रस्तावमाथि छलफल गर्न आज ११ बजेपछि केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको हो ।शुक्रबार मस्यौदा समितिमा संयोजक पम्फा भुसालसहितका सदस्यहरूले धारणा राखेका थिए ।
शनिबार स्थायी कमिटीका सदस्यहरूलाई विधानको मस्यौदामा लिखित सुझाव दिन पार्टीले निर्देश गरेको छ ।स्थायी कमिटी बैठकपछि दुई दिन केन्द्रीय कमिटीको बैठक बसेर फागुन १ गतेदेखि शुरू हुने विधान सम्मेलनको लागि प्रस्ताव तयार गर्नेछ ।
स्थायी कमिटी र केन्द्रीय कमिटीले प्रस्ताव गरेपछि विधानलाई विधान सम्मेलनले अन्तिम रुप दिनेछ ।मस्यौदा समितिले केन्द्रीय कमिटीसहितका पार्टी संरचना छरितो बनाउनुपर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।
तर पार्टीमा नयाँलाई अवसर दिनुपर्ने, उमेरहद, पार्टीमा अवधि जस्ता विषयमा उपमहासचिव जनार्दन शर्माले पुरक प्रस्ताव दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै