काठमाडौं। नेपाली कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत भएका छन् ।आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित ‘स्वयंसेवक परिचालन उपसमिति’मा आज पाँच जना सदस्यलाई मनोनीत गरिएको हो ।
पार्टीले उपसमितिमा नेपाल महिला सङ्घ, केन्द्रीय तदर्थ समितिका अध्यक्ष उषा राउत मिश्र, नेपाल तरूण दल, केन्द्रीय तदर्थ समितिका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष दुजाङ शेर्पा छन् ।
यस्तै, नेपाल भूतपूर्व सैनिक सङ्घ, केन्द्रीय तदर्थ कार्य समितिका अध्यक्ष अवकाश प्राप्त सुवेदार मेजर मेघराज टन्डन र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस