काठमाडौ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश पदमा दरखास्त आह्वान गरेको छ।
न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो।
आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ २ जना र दलित तथा अपांगता भएकाबाट १ १ जना नियुक्तिको लागि दरखास्त मागिएको हो। परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी