काठमाडौं । माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै छ । आज र भोली (शनिबार) बस्ने गरी माओवादी केन्द्रले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको हो ।
मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।
माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।
उनले भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छौँ । यसमा पार्टीले चलाएको जागरण अभियानबारे पनि छलफल हुन्छ ।’
बैठक राष्ट्रिय सभा गृहमा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । उनका अनुसार यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन