काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगको आग्रहमा उनी सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेका हुन् । आयोगको कार्यालय पुरानो गृह मन्त्रालयमाको भवनमा छ ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ । सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।
सीआइ्र्रबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् । पूर्व सभामुख महराको बयान जारी रहेको सुन तस्करी जाँचबुझ आयोगका एकजना उच्च अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा
महरालाई हाजिरी जमानीमा छाड्ने तयारी
सीआईबीलाई बयान दिएपछि भक्कानिए महरा