कराँची । पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ । यसैबिच देशभरमा अस्थायी रूपमा मोबाइल सेवा बन्द गरिएको छ । चुनावका अघिल्ला दिनहरूमा देशभर कयौँ स्थानमा विस्फोटका घटनाहरू भएकोतर्फ औँल्याउँदै इन्टरनेट सेवा बन्द गरिएको गृह मन्त्रालयका प्रवक्ताले बताएका थिए ।
‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ । शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतराहरू सामना गर्न सुरक्षा उपायहरू आवश्यक छन् । त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो,’ गृह मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ। राष्ट्रियसभाका ३३६ सिटमा आज मतदान हुँदै छ । सरकार बनाउन १६९ सिट चाहिन्छ ।
करिब २ वर्षअघि प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई अविश्वासको मतमार्फत हटाइएको थियो । खान अहिले भ्रष्टाचार मुद्दामा जेलमा छन् । उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । तीन पटक देशको प्रधानमन्त्री भइसकेका नवाज सरिफ यसपटक पनि चुनावी मैदानमा छन् यो पाकिस्तानको अहिलेसम्मको सबैभन्दा कम विश्वसनीय चुनाव भएको धेरै विश्लेषकहरू बताइरहेका छन् ।
पाकिस्तान आर्थिक संकट, २०२२ मा आएको भीषण बाढी, मुद्रास्फीति र चरमपन्थी घटनासँग संघर्ष गरिरहेको छ । हिंसा र अतिवादका घटना बढ्दै गएका छन् । बुधबार, आम चुनावको ठीक एक दिन अघि, बलुचिस्तान प्रान्तमा उम्मेदवारहरूको कार्यालय बाहिर दुईवटा बम विस्फोट भएको थियो । कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा