जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १५ : ५१
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।घुस लिएको ५ लाख रुपैयाँसहित पक्राउ परेका कार्कीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घरबाटो सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए ।

सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले कार्की क्षेत्रीलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस