नेपाल-क्यानाडा एकदिवसीय क्रिकेट : 'डिशहोम गो'मा एचडी क्वालिटीमा प्रसारण हुने

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १३ : ३८
नेपाल-क्यानाडा एकदिवसीय क्रिकेट : 'डिशहोम गो'मा एचडी क्वालिटीमा प्रसारण हुने

काठमाडौं। नेपाल र क्यानाडाबीच हुने एकदिवसीय क्रिकेट श्रृंखलाको ​डिशहोम 'डिशहोम गो'मा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ ।२०२४ को फेब्रुअरी ८-१२ सम्म द्विपक्षीय श्रृंखलाका खेलहरू टियू क्रिकेट मैदानमा हुँदैछन् ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको खेल 'एक्सन स्पोर्ट्स एचडी १' र 'डिशहोम गो'बाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएकाे छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस