काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । हिउँदे अधिवेशनको पहिलो बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे १ बजे संसद भवन नयाँ वानेश्वरस्थित शंकर हलमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुनेछ । सभामुख घिमिरेले सातामा तीन दिन सदनको बैठक र अर्को तीन दिन संसदीय समितिको बैठक बस्न मिने गरी क्यालेन्डर प्रस्ताव गरेका छन् ।
कार्यव्यवस्था परामर्श समितिमा सभामुख, कानुनमन्त्री र प्रतिनिधिसभामा रहेका सबै दलको प्रमुख सचेतक, सचेतक र दलले तोकेका प्रतिनिधिहरु सदस्य हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे